सशस्त्र प्रहरीको सांगठनिक संरचना परिमार्जन

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको सांगठनिक संरचनालाई परिमार्जन गरेको छ । सशस्त्र प्रहरी बलले लामो समयदेखि सांगठनिक पुनर्संरचना गर्न अनुरोध गर्दै आएकोमा ‘सशस्त्र प्रहरी बल नेपालको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन–२०७८’ सरकारले स्वीकृत गरेको हो । सो स्वीकृत प्रतिवेदन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको राष्ट्रिय किताबखाना (प्रहरी)ले १५ फागुनमा सशस्त्र प्रहरी मुख्यालयलाई पठाइसकेको छ ।


पछिल्लो सांगठनिक पुनर्संरचनाले विशेषगरी मध्यम तहका सशस्त्र प्रहरी अधिकृतको वृत्तिविकासमा ठूलो मद्दत पुग्ने देखिएको छ । लामो समयदेखि एउटै पदमा बसिरहँदा देखिएको नैराश्यता अन्त्य गर्न पनि परिमार्जित सांगठनिक संरचनाले ठूलो सघाउ पुग्नेछ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको कार्यकालको ठूलो उपलब्धीका रूपमा यसलाई लिइएको छ ।


‘सशस्त्र द्वन्द्वका बेला स्थापना भएको सशस्त्र प्रहरीमा त्यसबेला छोटोछोटो समयको फरकमा ठूलो संख्यामा इन्सपेक्टर भर्ना गरिएको थियो तर माथिल्लो तहमा दरबन्दी कम भएकाले उनीहरूको बढुवालगायत वृत्तिविकासमै ठूलो असर पर्दै आएको छ, परिमार्जित संरचनाले यसलाई केही हदसम्म सम्बोधन गर्नेछ, उनीहरूमा हौसला वृद्धि हुनेछ,’ सशस्त्र प्रहरी प्रवक्ता कामु एसएसपी कमल तिउसिनाले भने ।

सांगठनिक संरचना परिमार्जित गर्ने क्रममा सशस्त्र प्रहरी बलको कुल जनशक्ति ३७ हजार १ सय १६ बाट ६२ घटाई ३७ हजार ५४ कायम गरिएको छ। जनशक्ति घटाउने क्रममा केही पद बढाइएको र केही घटाइएको छ । यस्तै, १ सय ७४ वटा विभिन्न दरबन्दी कटौती गरिएको छ । परिमार्जित संरचनाअनुसार प्राविधिक समूहअन्तर्गतको स्वास्थ्य र सञ्चार तथा इन्जिनियरिङतर्फ एक÷एकवटा डीआईजीको दरबन्दी थप गरिएको छ । पद समायोजनका क्रममा स्वास्थ्यतर्फ एक एसएसपी, दुई एसपी, तीन डीएसपी र २२ सईको दरबन्दी थप गरिएको छ । योसँगै स्वास्थ्यतर्फको कुल जनशक्ति २ सय ३७ कायम गरिएको छ ।

प्राविधिक समूह सञ्चारतर्फ एक डीआईजी, एक एसएसपी, तीन एसपीसहित ६ सय जना रहेको छ । समायोजनका क्रममा सञ्चारतर्फ एक एसपी र चार डीएसपी थप गरेर सो संख्या पु¥याइएको हो ।यसैगरी, साधारण समूह कानुन उपसमूहअन्तर्गत एउटा एसएसपीको दरबन्दी थप गरिएको छ ।

मानवस्रोत विभागअन्तर्गतको कानुन शाखालाई कानुन महाशाखामा स्तरोन्नति गर्ने क्रममा सो महाशाखामा एक एसएसपी दरबन्दी थप गरिएको हो । कानुन उपसमूहमा अब एक एसएसपी, एक एसपी, तीन डीएसपी, ९ इन्सपेक्टरसहित १४ जना रहनेछन् ।


यसैगरी, सरकारले साधारण समूह लेखा उपसमूहतर्फ तीन एसपी, १० डीएसपी र १० इन्सपेक्टरको दरबन्दी थप गरेको छ । योसँगै अब लेखा उपसमूहमा एक एसएसपी, ५ एसपी, १६ डीएसपी, ४० इन्सपेक्टरसहित २ सय १ जना रहनेछन् ।

साधारण समूह साधारण उपसमूहअन्तर्गत भने आईजीपी, दुई एआईजी, १६ डीआईजी, २६ एसएसपी, १ सय ४ एसपी, ३ सय ९१ डीएसपी र ९ सय २७ इन्सपेक्टरसहित ३५ हजार ९ सय ४८ जनशक्ति रहनेछ । साधारण समूह साधारण उपसमूहअन्तर्गत समायोजनका क्रममा १६ एसपी र ३७ डीएसपी थप गरिएको छ ।

समायोजन गर्ने क्रममा १ सय ७४ दरबन्दी कटौती गर्ने क्रममा लेखातर्फ असईका २७ दरबन्दी कटौती गरिएको छ । यसैगरी, स्वास्थ्यतर्फ ३ असई, सञ्चार तथा इन्जिनियरिङतर्फ ८ हबल्दार, १ सय ३५ जवानको दरबन्दी कटौती गरिएको छ । यस्तै, कानुनतर्फ इन्सपेक्टरको एउटा दरबन्दी कटौतीमा परेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..