काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागेकाे जापानिज येन मुद्रासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्रुाउ पर्नेमा स्याङजाको मिर्मी गाउँपालिका-६ पालीचौर घर भएका ४८ वर्षीय रेमशराज भट्टराई रहेका छन् । प्रहरीले उनको झोलाबाट जापनिज येन १५ लाख ९० हजार बरामद गरेको छ ।
सिंगापुर एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट सिंगापुर जान लागेका उनलाई विमानस्थलको प्रस्थान विन्दुमा झोला परीक्षण गर्ने क्रममा पक्राउ गरिएको हो ।


