कांग्रेसको सभापतिका लागि साह र यादवको उम्मेदवारी


सप्तरी । नेपाली कांग्रेसको सप्तरी सभापतिका लागि संस्था पक्ष र संस्थापन इतरबाट उम्मेदवारी दर्ता भएको छ ।राजविराजस्थित औद्योगिक क्षेत्रमा स्थापना भएको निर्वाचन कार्यालयमा पुगेर दुवै पक्षले उम्मेदवारी दर्ता गराएका हुन् ।डा. शेखर कोइराला पक्षबाट सभापतिमा रामदेव साहले उम्मेदवारी दिएका छन् ।

यस्तै यो समूहबाट उप-सभापतिमा रामकुमार यादव र ध्रुवनारायण चौधरीले उम्मेदवारी दिएका छन् ।यस्तै सचिवमा नन्दकिशोर यादव र दुर्गानन्द यादव तथा सह-सचिवमा रामसुन्दर मण्डल र मोहम्द मुस्लिमले उम्मेदबारी दिएका छन् ।


यसैगरी संस्थापन पक्षबाट सभापतिमा शत्रुघन यादवले उम्‍मेदवारी दर्ता गराएका छन् । उनको पक्षबाट उप-सभापतिमा फतेह मोहम्द र रामप्रसाद मण्डल, सचिवमा प्रभुनारायण चौधरी र सनत मण्डल तथा सह-सचिवमा घनश्याम साह र मनोज खडकाले उम्मेदवारी दर्ता गराएका छन् ।आगामी फागुन २० गते कांग्रेसको जिल्ला नेतृत्वका लागि निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..