संसद् भवन अगाडी शङ्कास्पद बस्तु राख्ने युवक समातिए

काठमाडौँ । सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडी शङ्कास्पद बस्तु राखेर मानिसलाई आतङ्कित बनाएको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

महानगरीय अपराध महाशाखाको टोलीले काभ्रे भुम्लो गाउँपालिका वडा नम्बर २ सिमथली घर भएका २१ वर्षीय सुवास महतलाई नियन्त्रणमा लिएको हो।अनुसन्धानको क्रममा उनी अनेरास्वबियु क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पस कमिटी अध्यक्ष भएको खुलेको छ।

प्रहरीले घटना प्रयोग भएको बा.प्र. ०२-०३०-प. ७०८५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..