गुप्तचरमा एआइजीको लडाइँ

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा दरबन्दी थप तथा मिलान भए पनि राष्ट्रिय अनुसन्धान विभागमा भने एआइजीको एक दरबन्दी थप्ने प्रयास असफल भएको छ । दरबन्दी थप हुने सम्भावना नभएपछि वैशाखमा रिक्त हुने एआइजीको एक पदका लागि अनुसन्धान निर्देशक(डिआइजी)हरू कामै छाडेर लबिङमा लागेका छन् ।

वैशाखमा जो एआइजी हुन्छ भदौमा उही प्रमुख हुने भएकाले एआइजी बढुवामै ठूले रस्साकस्सी हुने देखिन्छ ।
हालका एआइजी यादव रेग्मीले वैशाखमा अनिवार्य अवकाश पाउँदैछन् । सो पदमा बढुवाका लागि डिआइजीहरू हुतराज थापा, टेकेन्द्र कार्की, हरिहर पौडेल, ओम जोशी, कुलदिप थापामध्ये एक एआइजी हुनेछन् ।

पाँचै जना बढुवाको दौडधुपमा छन् ।उनीहरूमध्ये डिआइजी ओम जोशीको दौडधुप हेर्नलायक छ । उनी दैनिकजसो सुदुरपश्चिमका नेता भेटेर आफ्ने बढुवाका लागि गुहार माग्दै आएका छन् । प्रधानमन्त्री पनि सुदुरपश्चिमको भएकाले आफूलाई अब गुप्तचरको प्रमुख बनाउनुपर्ने भन्दै उनी लबिङमा लागेका हुन् ।

कार्यक्षमतामा निकै कमजोर जोशीले संगठन बनाउँछु भन्दा पनि सुदुरपश्चिमको भएकाले नै बढुवा हुनुपर्छ भन्दै दौडधुपमा लागेका छन् । हालका गुप्तचर प्रमुख यदुलाल खरेलले भदौको अन्तिममा अवकाश पाउनेछन् ।

त्यो अवस्थामा अहिलेको पाँच डिआइजीमध्ये एक प्रमुख हुनेछन् । यद्यपि, वैशाखमा बढुवा गर्दा एउटा दरबन्दी थपेर दुई जनाको बढुवा गर्ने सम्भावना समेत रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..