प्रधानन्यायाधीश जबरामाथि छलफल हुने

काठमाडौं । कानून, न्याय तथा संसदीय मामलामन्त्री दिलेन्द्रप्रसाद बडुले अब बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने बताएका छन् ।प्रतिनिधिसभाको आजको बैठकपछि संसद् भवनमा पत्रकारसँगको कुराकानीमा मन्त्री बडूले नियमावलीमा भएको व्यवस्थानुसार प्रस्ताव अघि बढ्ने जानकारी दिए।

उनले नियमावलीको व्यवस्थानुसार महाभियोग प्रस्ताव दर्ता भइसकेपछि सात दिनपछिको कुनै पनि बैठकमा राख्ने भन्ने रहेको पनि जानकारी दिए ।त्यसका लागि ११ जनाको महाभियोग सिफारिस समिति बन्ने कानुनी व्यवस्था छ । यसको बस्तुगत आधारसमेत तयार गरेर पुनः संसद्मा निर्णयार्थ ल्याउनका लागि तीन महिनाको समय पाउने पनि उनले जानकारी दिए।


उनले भने, ‘प्रतिनिधिसभाको आउने बैठकमा महाभियोग प्रस्ताव अगाडि बढ्छ, यसबारे सल्लाह भइरहेको छ, किन भने समितिमा सबै दलको प्रतिनिधित्व हुने भएकाले सबैसँग सल्लाह गर्नका लागि अहिल समय लिइरहेका छौँ, अबको बैठकमा यसबारे छलफल हुन्छ ।’प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २२ गतेका लागि बोलाइएको छ ।

सत्तारुढ गठबन्धन दलले फागुन १ गते प्रधानन्यायाधीश जबराविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता गरेको थियो ।नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले महाभियोग प्रस्तावका विषयमा सुरुमा पनि कुनै जानकारी नदिइएको र अहिलेसम्म पनि कुनै छलफल नभएको बताए। उनले संसद् बैठकपछि पत्रकारसँगको कुराकानीमा सो कुरा बताएका हुन् ।


संविधान अनुसार एक तिहाई सांसदहरुले महाभियोग प्रस्ताव दर्ता गर्ने व्यवस्था छ । तर, पारित गर्न दुई तिहाई चाहिन्छ । सत्ता गठबन्धनसँग प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव पारित गर्न दुई तिहाई मत छैन । त्यसैले जबराले राजीनामा नदिने फेश गर्ने बताइसकेका छन् । उनी महाभियोग पारित नहुनेमा ढुक्क रहेको बुझिएको छ ।

संसदको गणित अनुसार हाल २६८ सदस्य रहेकोमा ३ जना निलम्बनमा परेकाले सभामुखसहित २६५ बहाल छन् । प्रस्ताव पेश भएमा पारित हुन दुई तिहाई मत हुनुपर्ने प्रावधान छ । संसदको २६५ बहाल सांसदको दुई तिहाई पुग्न १७७ सांसद संख्या चाहिन्छ ।नेकपा एमालेको ९७, नेपाली काँग्रेसको ६१, नेकपा माओवादी केन्द्रका सभामुखबाहेक ४८, नेकपा एकीकृत समाजवादी पार्टीका २३, जनता समाजवादी पार्टीका १८, लोकतान्त्रिक समाजवादी पार्टीका १३, राजमो, नेमकिपा र राप्रपाका र स्वतन्त्र ११ सांसद छन् ।

सत्ता गठबन्धनका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र जनमोर्चा नेपालसँग १५२ सांसद संख्या छ । माओवादीमा रहेका स्वतन्त्र सांसद छक्कबहादुर लामाको मत समेत गन्दा १५३ पुग्छ । लोसपाको १२ सांसद जोड्दा पनि दुई तिहाई पुग्दैन । एमालेको सांसद नतानी प्रधानन्यायाधीशमाथिको महाभियोग पारित हुँदैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..