काठमाडौं । नेकपा एमालेबाट निर्वाचित मुगुका सांसद मोहन बानियाँलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि उनलाई हिरासतमा राख्न जिल्ला अदालत, बाँकेले अनुमति दिएको हो ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी मधुसूदन न्यौपानेले अदालतबाट प्राप्त समयमा थप अनुसन्धान र बानियाँको बयान प्रक्रिया थालिने बताए ।बानियाँले बलात्कार गरेको भन्दै ४० वर्षीया पीडित महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
त्यसको आधारमा प्रहरीले १६ फागुनमा उनलाई पक्राउ गरेको थियो ।आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर सांसद बानियाँले १९ माघमा होटलमा बोलाएको र जबरजस्ती करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । बानियाँले आफूविरुद्ध आरोप झुट आरोप लगाइएको दाबी गर्दै आएका छन् ।
आफूले दिएको २५ लाख फिर्ता गर्ने भन्दै होटेलमा बोलाएर ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एमाले सांसद मोहन बानियाँ पक्राउ परेका छन् । महिलाले दिएको उजुरीका आधारमा बाँके प्रहरीले सोमबार नेपालगन्ज विमानस्थलबाट बानियाँलाई पक्राउ गरेको हो । उनी कर्णाली प्रदेशका सांसद हुन् ।
जबर्जस्ती करणी अभियोगमा उजुरी परेपछि बानियाँविरुद्ध जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेको थियो । काठमाडौंबाट नेपालगन्ज आउने क्रममा उनलाई विमानस्थलबाटै पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताए ।
सांसद बानियाँले गत १९ माघमा नेपालगन्जस्थित अप्सरा होटेलमा बोलाएर जबर्जस्ती करणी गरेको महिलाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्ने भन्दै होटेलमा बोलाएको र त्यहीँ जबर्जस्ती करणी गरेको महिलाको आरोप छ । उनले २७ माघमा उजुरी दिएकी थिइन् ।
प्रहरीले त्यसबारे जानकारी गराउँदा बानियाँले आफैँ उपस्थित हुने बताए पनि फरार रहेको डिएसपी न्यौपानेले बताए । ‘हामीले उजुरीबारे जानकारी गराउँदा उहाँ (बानियाँ)ले आफैँ उपस्थित हुने वचन दिनुभएको थियो ।
उजुरी परेको लामो समयसम्म उपस्थित नभएपछि प्रहरीले पक्राउ ग¥यो,’ उनले भने, ‘अब हिरासतमा राखेर अनुसन्धान हुन्छ । अनुसन्धानपछि वास्तविकता खुल्नेछ ।’ सांसद बानियाँले भने महिलाले दिएको उजुरीमा कुनै सत्यता नभएको दाबी गर्दै आएका छन् ।


