पसल फोडेर चोरी गरेको आरोपमा दुई पक्राउ


काठमाडौं । काठमाडौं महानगरपालिका-४ विशालनगरमा मोबाइल पसल फोडेर चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गण्डकी नगरपालिका-५ गोरखाका शुरेर गिरी र नेपालगञ्ज-५ बाँकेका गणेश क्षत्री छन् ।

विशालनगरस्थित सुरज इलेक्ट्रिनिक्स मोबाइल पसल फोडेर ३७ थान नयाँ मोबाइल, मर्मतका लागि राखिएको १५ थान मोबाइल, एक थान गितार र २५ थान घडी चोरी गरेको आरोपमा सोमबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता दिनेश आचार्यले बताए । उक्त पसलमा गत माघ १० गते चोरी भएको थियो ।

प्रहरीले उनीहरूको साथबाट ८ थान नयाँ मोबाइल, ५ थान पुराना मोबाइल, ६ थान घडी, एक थान गितार र एक थान पावर बैंक बरामद गरेको छ ।

उनीहरूलाई महानगरीय अपराध महाशाखाले बुधबार थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा पठाएको प्रवक्ता आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..