चीनले युक्रेन–रुस वार्तालाई स्वागत गर्दछ : प्रवक्ता वाङ वेन बिन

काठमाडौं । चीनले युक्रेन संकटको शान्तिपूर्ण समाधानका लागि हुने सबै कूटनीतिक प्रयासहरूलाई सधै समर्थन र प्रोत्साहन गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन बिनले जानकारी दिएका छन् ।

रुस र युक्रेनका प्रतिनिधिमण्डलबीच सोमबार बेलारुसको गोमेल क्षेत्रमा भएको वार्ताको जवाफ दिँदै प्रवक्ता वाङ वेनबिनले दैनिक पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन् ।

‘हामीले नोट गरेका छौं, दुई पक्ष निकट भविष्यमा नयाँ चरणको वार्ता गर्न सहमत भएका छन्’ वाङले भनेका छन् । चीनले दुई पक्षले वार्ता र वार्ताको प्रक्रियालाई निरन्तरता दिने र दुवै पक्षको उचित सुरक्षा चासोलाई समेट्ने, युरोपको साझा सुरक्षा र युरोपमा दिगो शान्ति र स्थायित्वका लागि उपयुक्त हुने राजनीतिक समाधान खोज्ने आशा राखेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..