सुर्खेतको वीरेन्द्रनगरमा अनिश्चितकालीन निषेधाज्ञा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्फ्यू हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।मेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो ।

मंगलबार बेलुकी ७ बजेपछि भने अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए । ‘कर्फ्यूलाई खुकुलो बनाएर निषेधाज्ञा जारी गरेका छौं । आज अवस्था सामान्य बन्दै गएपछि जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको छ’ प्रमुख जिल्ला अधिकारी रिजालले भने ।दिनभरिको अवस्था हेर्दा कुनै अप्रिय घटना नभएकाले सोमबार बढी प्रदर्शन भएको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रजिअ रिजालले बताए ।

उनका अनुसार प्रशासनले वीरेन्द्रनगरको यरिचोक, मंगलगढी चोक र हटिया क्षेत्र पाँच जनाभन्दा बढी मान्छे जम्मा हुन र कुनै पनि विरोध प्रदर्शन गर्न रोक लगाएको छ ।उनका अनुसार अर्को आदेश नहुञ्जेसम्म तीन क्षेत्रमा निषेधाज्ञा कायम रहनेछ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा सोमबार साँझ एमसीसी विरोध प्रदर्शन चर्किएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..