बलात्कार आराेपमा पक्राउ परेका सांसद बानियाँलाई भाेलि अदालतमा लैजाने

नेपालगञ्ज । बलात्कार आराेप लागेका नेकपा एमालेका सांसद मोहन बानियाँलाई प्रहरीले नेपालगञ्ज विमानस्थल राँझाबाट नियन्त्रणमा लिएकाे छ ।


जबरजस्ती करणी गरेको जाहेरी परेसँगै उनी बेपत्ता थिए । उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी परेकाे थिए । बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए ।

उनले भने, ‘नेपालगञ्ज विमान स्थलबाट सांसद बानियाँलाई सोमबार साँझ नियन्त्रणमा लिएका हाैं । मंगलबार सार्वजनिक बिदा भएकोले बुधबार म्याद थपका लागि अदालत लगिने र अनुशन्धान सुरु गरिनेछ ।’

ऋण लगेकाे पैसा फिर्ता गर्छु भनेर बाेलाएर सांसद बानियाँले नेपालगञ्जको होटेलमा जबर्जस्ती करणी गरेको भन्दै ४० बर्षीया महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । त्यसपछि सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएकाे थियाे । प्रहरीले खोजी गरेकै बेलामा उनी काठमाडाैंबाट नेपालगञ्ज आएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..