अब निर्वाचनसम्मै सत्ता गठबन्धन

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै सत्तारूढ गठबन्धनको आयु लम्बिएको छ । अनेकन खिचातानीबीच गठबन्धन टिक्ने कि भत्कने आशंका रहिरहेका बेला संसद्बाट एमसीसी अनुमोदन भएसँगै गठबन्धनको पनि ‘सेफ ल्यान्डिङ’ भएको हो ।

सत्तारूढ गठबन्धन आबद्ध पाँच दलमध्ये चार दल एमसीसीका पक्षमा उभिएसँगै गठबन्धन आगामी निर्वाचनसम्म नै अघि बढ्ने अवस्था बनेको हो । पाँच दलीय सत्ता गठबन्धनमा कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा सहभागी थिए । तर, जनमोर्चा भने सोमबारबाटै गठबन्धनबाट बाहिरिएको छ ।

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले आगामी निर्वाचनसम्म नै सरकार र सरकार आबद्ध गठबन्धन कायम रहने बताएको हो । कांग्रेसले प्रतिनिधिसभा बैठकबाट एमसीसी अनुमोदन भएको भोलिपल्ट सोमबार पत्रकार सम्मेलन गर्दै अब गठबन्धन निर्वाचनसम्म नै जाने दाबी गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..