‘फरार सांसद’ प्रदेशसभामा हाजिर


विराटनगर । प्रदेश १ को प्रदेशसभा भवनमा सर्वसाधारणले सहजै प्रवेश पाउदैनन् । प्रहरीको घेराभित्र रहेको भवनमा चेकजाँचपछि मात्रै प्रवेश पाउँछन् । आइतबार भने प्रहरीको फरार सूचीमा रहेका सांसद प्रदेशसभा भवन भित्र प्रवेश मात्रै गरेनन्, हाजिरसमेत गरेर बाहिरिए ।एमाले प्रदेश सांसद गुलेफुन खातुनले संसदमा हाजिर भएर बाहिरिएकी हुन् ।

सरकारी सहीछाप कीर्ते मुद्दामा कैद सजाय सुनाइएकी उनी प्रहरीको फरार सूचीमा छन् । आइतबार प्रदेशसभाको बैठकमा उनले हाजिर गरेकी हुन् ।प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार खातुन आइतबार संसद बैठक सुरु हुनअघि संसदमा हाजिर भएकी हुन् ।

संसदको उपस्थिति खातामा हाजिर गरेकी उनी बैठकमा भने सहभागी नभएको उनले बताए । मोरङका उपरीक्षक जर्नादन जिसी भने खातुनको खोजी भइरहेको बताउँछन् ।
२०७६ साल पुस ९ गते उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश यमुना भट्टराईको इजलासले सरकरी छाप र हस्ताक्षर कीर्ते गरेको मुद्दामा सांसद् खातुनलाई एक वर्ष कैद र १४ हजार ५ सय ८३ जरिवाना सजायको फैसला सुनाएको थियो ।उच्च अदालत विराटनगरको फैसला पछि उनी फरार छिन् ।

कीर्ते मुद्दामा सांसद खातुनसहित उनका श्रीमान शेख शिलबर मिया, तत्कालिन गाविसका कर्मचारी विजय कामत र दीपचन्द मण्डललाई २०७४ वैशाख ३१ गते जिल्ला अदालत मोरङले एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना सुनाएको थियो । कामत र मण्डललाई अड्डाका कर्मचारी भएका कारणा थप दुई वर्ष सजाय सुनाएको थियो ।फैसला विरुद्ध सांसद खातुन उच्च अदालत गएकी थिइन् ।

उच्च अदालत विराटनगरले शेख सिलबरलाई सफाइ दियो भने सांसद खातुन र कर्मचारीहरु कामत र मण्डलको हकमा जिल्ला अदालतको आदेश सदर गर्दै जनही १४ हजार ५ सय ८३ जरिवाना हुने फैसला सुनाएको थियो ।


अदालतको फैसला अनुसार सांसद खातुनले ११ महिना ५ दिन कैद भुक्तान गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..