दीपा सुहाङको ‘यौवन’ सार्वजनिक

काठमाडौं । गायिका दीपा सुहाङको स्वरमा रेकर्ड गरिएको ‘यौवन’ सार्वजनिक भएको छ । युवा युवतीहरुमा यौवनको प्रभावलाई नियन्त्रण नगरिए कस्तो रुप लिन्छ भन्ने प्रसंग उक्त गीतमा समेटिएको छ ।गीतलाई लोकगायक तथा चलचित्र निर्देशक नारायण रायमाझीले संगीत भरेका छन् ।

त्यस्तै गीतको शब्द भने लालगोपाल सुवेदीको रहेको छ ।
रिमा ‘रीमा इन्टरटेनमेन्ट’ नामक युट्युव च्यानलमार्फत सार्वजनिक गरेको गीतको एरेन्ज मनोज खड्काको रहेको छ ।

उक्त गीतको ओरिजिनल मेल भर्सन भने राजेश पायल राईको हो ।सुहाङ नेपाली गीत संगीतमा उदयीमान गायिका हुन् । यसअघि लोक गायक रायमाझीले उनकै स्वरमा ‘आगो पीएर बाँच्ने’ बोलको गीत पनि रेकर्ड गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..