एमसीसीको दफा दफामाथि छलफल नगरी पारित हुँदैन : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र लिङ्दनेलने अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) यथास्थितिमा पारित गर्न नसकिने बताएका छन् ।


आइतबार संसद बैठकमा एमसीसीमाथिको छलफलमा आफ्नो धारणा राख्दै एमसीसीको दफा दफामा छलफल नगरी पारित गर्न नसकिने अध्यक्ष लिङ्देनले बताए ।
‘यथास्थितिमा एमसीसी पास गर्नु भनेको देशलाई थप द्वन्द्वमा अघि बढाउनु हो ।

महाकाली सन्धि गर्दा कस्तो प्रचार गरिएको थियो त्यसको लाभ अहिले भोगिरहेका छौँ । त्यसकारण संसदले गर्ने हरेक काम ठीक हुँदैन । यस्तो कोलाहलमा गरिने निर्णय ठीक हुँदैन । दफा दफा बुझ्ने गरी सबैलाई बझुाउन सक्नुपर्छ । यसलाई होहल्ला, जबर्जस्त र प्राविधिक ढंगबाट टुंग्याइनुहुन्न,’ उनले भने ।


अध्यक्ष लिङदेनले ५ वर्षमा सकिने आयोजनालाई किन अन्तर्राष्ट्रिय मान्यता दिनुपर्ने भन्दै प्रश्न गरेका छन् । उनले यस विषयमा सबै राजनीतिक दललाई चनाखो हुन अपील गरेका छन् ।


उनले भने, ‘नेपालले अनेकै देशहरुबाट आर्थिक सहायता लियो, भविष्यमा पनि लिनुपर्छ । तर, ती आर्थिक सहायताहरु संसद्मा किन अनुमोदन गर्नुपरेन । र, यो सहायतलाई मात्र अनुमोदन गरिँदैछ । ५ वर्षमा सकिने परियोजना किन अन्तर्राष्ट्रिय मान्यता दिन परिरहेको छ भनेर आमजनताको चासो छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..