पीएसजीको सहज जित, एम्बाप्पे र मेस्सी चम्किए

एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सैन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालको छ । गएराति भएको खेलमा पीएसजीले सेन्ट इटिएनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई सहज जित दिलाउको लागि केलियन एमबाप्पेले दुई गोल र एक असिस्ट दिए । पीएसजीको लागि अर्को गोल डानिलो पेरेइराले गोल गरे । सेन्ट इटिएनका डेनिस वोउएंगाले गरेको गोल सान्त्वना बन्यो ।

खेलको १६औं मिनेटमा डेनिसले गोल गर्दै सेन्ट इटिएनलाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा एमबाप्पेको गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । उनले लियोनेल मेस्सीको पासमा गोल गरेका थिए ।

४७औं मिनेटमा मेस्सीकै पासमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ५२औं मिनेटमा डानिलो पेरेइराले गोल एमबाप्पेको पासमा गोल गर्दै पिएसजीलाई ३-१ ले अघि बढाए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल पीएसजीले जित्यो ।

यो जितसँगै पीएसजीले शीर्षस्थानमा १६ अंकको स्पष्ट अग्रता लिएको छ । पिएसजीको २६ खेलबाट ६२ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको निसको ४६ अंक छ । पराजित सेन्ट इटिएन २२ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..