सप्तकोशी बैंक घोटाला प्रकरण : सीईओसहित तीनजना पूर्पक्षका लागि जेल चलान


विराटनगर । उच्च अदालत विराटनगरले सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओसहित तीन कर्मचारीलाई पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ ।बैंकको कर्पोरेट कार्यालय विराटनगरबाट १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका बैंकका तत्कालीन सीईओ नविन सुवेदीसहित तीनजना कर्मचारीलाई उच्च अदालत विराटनगरले कारागार चलानको आदेश दिएको हो ।


अदालतका सूचना अधिकारी ओम सुवेदीका अनुसार मुख्यन्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश मुरारीबावु श्रेष्ठको संयुक्त वाणिज्य इजलासले शुक्रबार सुवेदीसहित बैंकका लेखा प्रमुख देवीप्रसाद भण्डारी र बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराईलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएका हो ।

पक्राउ परेका बैंकका अपरेसन प्रमुख अमित थापामगरलाई भने दुई लाख रुपैयाँ धरौटीमा छोडने आदेश दिएको छ ।सप्तकोशी बैंकबाट सुवेदीको योजनामा १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ अपचलन गरेको आरोप बैंकका ९ जना कर्मचारी र ३ जना खातावाला गरी १२ जनालाई प्रतिवादी बनाएर उच्च अदालतमा बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो ।


यसअघि सरकारी वकिलको कार्यालयले बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराई, लेखा वित्त प्रमुख देविप्रसाद भण्डारी, अपरेसन प्रमुख अमित थापा मगर, होमप्रसाद पौडेलसहित फरार रहेकाहरु बैंकका कार्यालय सहयोगी चुडाबहादुर निरौला, बैंकका कार्यालय सहायक पदबाट राजीनामा दिएका निश्चल सुवेदी, बैंकका कनिष्ठ सहायक पदबाट राजीनामा दिएकी समिक्षा अधिकारी, वरिष्ठ सहायक शुभेच्छा निरौला, खातावाला बबिता बस्नेत, कमल दाहाल र मनोज भट्टराईविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..