प्रचण्डजी ! एमसीसी पास गर्न साथ नदिने हो भने सरकारबाट तत्काल हट्नुस् : डा. भट्टराई

काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) संसदबाट पास गर्न साथ नदिने हो भने सरकारबाट हट्न आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सत्तामा बसेर बाहिर राष्ट्रवादी कुरा गर्ने तर, एमसीसी पास गर्न गठबन्धनलाई साथ नदिने हो भने तत्काल सरकारबाट हट्न डा. भट्टराईले आग्रह गरे ।

डा. भट्टराईले, ‘खासगरी मेरा पुराना मित्र प्रचण्डजीलाई भन्न चाहन्छु– कि तपाईंले एमसीसी पास गर्न साथ दिनुहोस् र १३८ पुर्याएर पारित गर्नोस् । होइने भने तपाई सत्तामा पनि बस्ने, तर पनि मार्ने अनि बाहिर चाँही राष्ट्रवाद भित्र चाँही राष्ट्रघात गर्न पाइँदैन । पहिलो विकल्प, तपाईले साथ दिनुहोस् । होइन भने तपाई जानोस्, त्यसको ठाउँमा अर्को आउँछ । हामी बहुमत पुर्‍याएर पारित गर्छौं । हाम्रो स्पष्ट धारणा यो छ । लटरपटर कुरा हुँदैन ।’

मुलुकको समृद्धि र विकासका लागि पनि एमसीसी पास गर्नुपर्ने अध्यक्ष भट्टराईको अडान छ । उनका अनुसार यदि संसदबाट एमसीसी पारित नभए नेपाल चीन, भारत र अमेरिकाको भूराजनीतिक चपेटामा पर्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..