नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौं । ओमानमा आयोजना भएको आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ‘ए’मा सहभागिता जनाएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपाली टोली शुक्रबार साँझ स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई क्यानका पदाधिकारीले स्वागत गरेका थिए ।

त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपाली टिमका कप्तान सन्दिप लामिछानेले यूएईसँगको खेलमा केही कमजोरी भएका कारण हार्नुपरेको बताए । युवा टिमको राम्रो सुरुवात भएको भन्दै उनले टिमले जस्तो प्रदर्शन गरेको र यसले भविष्यका लागि राम्रो संकेत गरेको बताए ।

यद्यपि जित्नैपर्ने दिन खराब दिन बन्दा टी–२० विश्वकपमा छनोट हुन नसकेको उनको भनाइ छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले राम्रो प्रयास गर्दा गर्दै सोचेको नतिजा हासिल हुन नसकेको बताए ।

छनोटमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो । बिहीबार तेस्रो स्थानको लागि भएको प्ले अफमा ओमानलाई ९ विकेटले हराउँदै नेपालले तेस्रो स्थान हासिल गरेको हो ।

तर, सेमिफाइनलमा पराजित भएपछि नेपालको अष्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकप खेल्ने सपना सकिएको थियो । सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..