सदनलाई सहजरुपमा अघि बढाउन विभिन्न दलसँग छलफल भइरहेको छ : गृहमन्त्री खाँण

काठमाडौं । सरकारका गृहमन्त्री बालकृष्ण खाँणले सदनलाई सहज रुपमा अघि बढाउनका लागि विभिन्न दलका नेताहरुसँग छलफल भइरहेको बताएका छन् ।

मन्त्री खाँणले विहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले सदन सूचारु गराउन चाहेने बताउँदै यसका लागि छलफल भइरहेको बताएका हुन् ।
उनले सदनलाई सहज गराउने र प्रक्रियामा अगाडि बढेका प्रस्तावहरूलाई टुंगोमा पु¥याउने गरी कोसिस भइरहेको जानकारी दिए । उनले सरकारमा रहेका सबै घटकहरूले सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने धारणा पनि राखे ।त्यस्तै एमाले नेता योगेश भट्टराईले एमालेले उठाएका माग सम्बोधन नगरी सरकारलाई सहयोग गर्न नसकिने प्रष्ट पारे ।

उनले गठबन्धनकै कारण नेपालको अन्तर्राष्ट्रिय छवि बिग्रिएको पनि बताए ।एमसीसी पारित गराउने दायित्व प्रतिपक्षी दलको नरहेको भन्दै भट्टराईले सरकारको मुख्य घटक नेपाली कांग्रेसले प्रतिपक्षसँग संवाद गर्न सकारात्मक पहल भएको जिकिर गरे । त्यस्तै नेकपा एकीकृत समाजवादी नेता जीवनराम श्रेष्ठले एमसीसीलाई जवरजस्त अघि बढाउन नहुने र यसका लागि सदनलाई सूचारु गर्नुपर्ने धारणा राखे ।


त्यस्तै प्रतिपक्षको अवरोध हटाउन प्रधानमन्त्री र सभामुखले पहल गरौ भनेर कार्यव्यवस्थामा आफूहरुले नै सुझाव दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..