भन्सार छली कन्टेनरसहित एकजना पक्राउ


वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले भन्सार छलीको सामान बोकेको आरोपमा कन्टेनरसहित चालकलाई नियन्त्रणमा लिएको छ ।


प्रहरीले बुधबार राति वीरगञ्ज महानगरपालिका-१६ गणेशटोलस्थित सडकखण्डमा एनएल ०१ एल ६५४८ नम्बरको मालबाहक कन्टेनरलाई रोकेर जाँच गर्दा भ्याट बिलमा भएको भन्दा बढी खुद्रा मालबस्तुहरू ल्याएको फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीले कन्टेनरसहित चालक भारतको उत्तर प्रदेश औरैया जिल्ला तैसिल बस्ने २९ वर्षीय सुनिल कुमारलाई नियन्त्रणमा लिएको हो ।

उनको साथबाट विभिन्न किसिमका चक्लेट तथा बिस्कुटहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।समानसहित कन्टेनरको मुल्य ५५ लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..