प्रचण्डसँगको भेटपछि अध्यक्ष ओली सिधै प्रधानमन्त्री निवास बालुवाटारमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटारतर्फ प्रस्थान गरेका छन् ।

नयाँ बानेश्वरस्थित् संसद् भवनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुसँगको छलफल सकिएलगत्तै एमाले अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटारतर्फ प्रस्थान गरेका हुन् ।

माओवादीका नेताहरुसँग पनि सकारात्मक छलफल भएको एमाले उपाध्यक्ष सुवास नेम्वाङले जनाए । माओवादी केन्द्रसँग निरन्तर यहीअनुसार छलफल हुने पनि उनले जनाए ।

तर, माओवादी केन्द्रका नेताहरुसँगको छलफलभन्दा अगाडि प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरुसँग भएको छलफल धेरै राम्रो भएको उनको टिप्पणी थियो । एमसीसीलाई लिएर राजनीतिक दलका शीर्ष नेताहरु भेटवार्तामा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..