एमसीसी र संसद खुलाउने विषयमा एमालेसँग छलफल भयो : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी र सदन खुलाउने विषयमा एमालेसँग छलफल भएको बताएका छन् ।

बिहीबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुसँगको छलफलबाट बाहिरिने क्रममा क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले छलफलका क्रममा आ-आफ्ना कुरा राखिएको बताए । ‘एमसीसी र सदन खुलाउने विषयमा छलफल भयो । आ-आफ्ना कुरा राखियो ‘ प्रचण्डले भने ।

माओवादीसँग छलफल गर्नुअघि एमालेले सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेससँग छलफल गरेको थियो भने प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच ‘वान अन वान’ कुराकानी भएको थियो ।

प्रचण्डसँगको भेटवार्तापछि एमाले नेताहरु देउवासँगको छलफलका लागि बालुवाटार प्रस्थान गरेका छन् । एमसीसी सम्झौतालाई लिएर पछिल्लो समय सत्ता गठबन्धनमा दरार आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..