मोटरसाइकल चोरीको आरोपमा तिनजना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले चोरीको मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका–३ का ३२ वर्षीय महमद हस्मोदिन मियाँ, वडा नम्बर २४ का २७ वर्षीय दिलीप कुमार चौधरी र वडा नम्बर २५ का २४ वर्षीय राजन पटेल रहेका छन् ।

गत फागुन ५ गते बारा जिल्लास्थित परवानीपुर गाउँपालिका–३ बस्ने २२ वर्षीय निरन्जन रौनियारको प्रदेश २–०३–००७ प ८३०५ नम्बरको नीलो रंगको होण्डा साइन मोटरसाइकल पर्साको वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको पार्किङस्थलमा पार्किङ गरी राखिएको अवस्थाबाट चोरी भएको थियो ।

अभियु्क्त राजन पटेलले आफ्नो घरमा लुकाएर राखेको सो मोटरसाइकलको पार्टपूर्जा महमद मियाले आफ्नो ना.८ प. १०८३ नम्बरको होण्डा साइन मोटरसाइकलमा लगाएको र चोरीमा दिलिप चौधरीकोसमेत संलग्न रहेको अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओम खनालले जानकारी दिए ।

उनले महमद मियाको मोटरसाइकल र चोरी भएको मोटरसाइकलसहित अभियुक्तहरुलाई नियन्त्रणमा लिई थप कारवाही अघि बढाइएको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..