गठबन्धन र सरकार टुटाउने खतरा
कांग्रेस एमालेसँग समीकरण गर्न स्वतन्त्र छ

काठमाडौं । प्रतिनिधि सभाको १०औं अधिवेशनअन्तर्गतको सातौं बैठक बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावबारे छलफल प्रारम्भ भएको छ।

नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेकपा (एमाले)सँग समीकरण गर्न कांग्रेस स्वतन्त्र भएको बताएका छन्।मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्न नेपाली कांग्रेसले अडान कायमै राखे एमालेसँग समिकरण गर्न स्वतन्त्र भएको खनालको भनाइ छ।

उनले एमसीसी पास भए अहिलेको गठबन्धनमा रहेका दल आआफ्नो बाटो लाग्नुपर्ने धारणा समेत राखे।भने,’समीकरण कसले कस्तो गर्ने भन्ने कुराको निम्ति हामी सबै स्वतन्त्र छौं। यदी कांग्रेस एमालेसँग समीकरण गरेर अघि बढेर अघि जान चाहन्छ भने मैले प्रधानमन्त्री स्वयंलाई पनि भनेको छु, तपाई स्वतन्त्र हुनुहुन्छ।’उनले समीकरण बदलिन सक्ने औल्याउँदै सत्ता गठबन्धन फुटे पनि केही फरक नपर्ने बताए।’हामी हाम्रो बाटो हिँड्छौं।

आआफ्नो बाटो हिँड्नुपर्ने एउटा स्थिति आउनसक्छ। त्यसले केही फरक पार्नेवाला छैन। त्यसो गरिहालेमा पनि आकाश खस्नेवाला पनि छैन, पृथ्वी फाट्नेवाला पनि छैन,’उनले भने। टेवल भएको दिन पनि खनालले रोस्टममै पुगेर एमसीसीको विरोध गरेका थिए भने गठबन्धनका नेताहरुको आलोचना गरेका थिए।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन्।बुधवार नेकपा माओवादी केन्द्रको वाग्मती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन पछि उनले गठबन्धन र सरकार टुटाउने षड्यन्त्र भइरहेको आरोप लगाएका हुन्। अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर सत्तारुढ गठबन्धनमा मतभेद भइरहँदा प्रचण्डको यस्तो अभिव्यक्ति आएको छ।

गठबन्धनमा रही सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी सदनबाट पारित हुनुपर्ने पक्षमा छ। तर, गठबन्धनमा रहेको माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा एमसीसीको पक्षमा छैनन्। कांग्रेसका नेताहरुले एमसीसी पारित गर्न नसघाएमा सरकारबाट बाहिरिनुपर्ने बताइरहँदा प्रचण्डले गठबन्धन टुटाउने प्रयास भइरहेको बताएका हुन्।

‘खतरा त बढेकै छ नि। यो परिवर्तन कुनै न कुनै रुपले कमजोर पार्ने, यो गठबन्धन टुटाउने, यो सरकार टुटाउने षड्यन्त्र त भइराखेकै छ नि। तर अहिले भर्खरै प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने कुरा चाहीँ होइन’ उनले भने।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..