विशेष अदालतमा श्रीकान्तकोसिफारिस

काठमाडौँ । न्याय परिषदले विशेष अदालतको अध्यक्ष र सदस्य तोक्न सरकारलाई सरकारलाई परामर्श दिने निर्णय गरेको छ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षताको बैठकले नाम सिफारिस गरेको हो। संवैधानिक प्रावधान अनुसार विशेष अदालतको अध्यक्ष तथा सदस्य परिषदको परामर्शमा मन्त्रिपरिषदले नियुक्ति गर्ने व्यवस्था छ।


अध्यक्षमा श्रीकान्त पौडेल सिफारिस भएका छन्। उच्च अदालत पोखराको बागलुङ इजलासमा काजमा रहेका पौडेललाई अध्यक्ष सिफारिस गरिएको हो। यस्तै, सदस्यमा रमेशकुमार पोखरेल, यमुना भट्टराई, शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको नाम सिफारिस गरिएको छ।


बैठकले विशेषमा हाल कार्यरत रहेका न्यायाधीश अब्दुल अजिज मुसलमानलाई उच्च अदालत पाटनको हेटौँडा इजलासमा काजमा खटाएको छ। यस्तै, नित्यान्द पाण्डेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा काजमा पठाइएको छ।

परिषदले राजस्व न्यायाधीकरणको अध्यक्षमा टेकप्रसाद ढुङ्गानालाई तोक्न सरकारलाई सिफारिस गरेको छ। ढुङ्गाना हाल उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..