तीन किलो चाँदीको गहना सहित दुई भारतीय सशस्त्र प्रहरीको स्क्वार्ड टिमको फन्दामा

लहान । सशस्त्र प्रहरीको स्क्वार्ड टिमले सिरहाको लहान सुनचाँदी बजारबाट नगद र तीन किलो चाँदीको गहना सहित २ जना भारतिय नागरिकलाई पक्राउ गरेको छ ।


सशस्त्र प्रहरीको छिन्नमस्ता वाहिनी मुख्यालय बर्दिवास र नम्वर ७ गण हेड क्वाटर सिरहाबाट खटिएको विशेष टोलीले लहान नगरपालिका वडा नम्बर – ७ स्थित दुर्गामन्दिरबाट भारतको विहार राज्य, मधवनी जिल्ला, थाना राजनगर १२ का ३८ वर्षिय रन्जीत राय र उनको काका ६१ व्र्षिय लखन रायको साथबाट ३ किलो चाँदीको तयारी गहना र नगद २० हजार भारतीय रुपैयाँ ५ सय १० रुपैयाँ नेपाली रुपैयाँ मंगलबार अपान्ह बरामद गरेको हो ।


बरामद गहना सहित दुवैजनालाई आजश्यक कार्यवाहीको लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाएको नम्वर ७ गण हेड क्वाटर सिरहाका सूचना अधिकारी डीएसपी विनोद थापाले जानकारी दिए ।


उनीहरु सप्तरीको नाकाहुँदै दहान बजारमा गहना लिएर आईरहेको भन्ने विशेष सूचनाको आधारमा पिछा गर्दै पक्राउ गरी उनीहरुको साथबाट गहना बरामद गरिएको बताएको छ ।
उनीहरु पक्राउ परेको लहानको दुर्गामन्दीर सुनचाँदीको पसहरु रहेको क्षेत्र हो ।यसरी मधेस प्रदेशका सवैजसो बजारहरुमा भारतीय चाँदीका गहनाहरु अवैधरुपमा आउने गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..