अबैध औषधी बिक्री बितरण गर्ने २ जना सहित ९ जना पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका-१० बिराटचोकमा संचालित नेति फर्मा र डे – ड्रिम मेडिसिन सेन्टरका संचालकलाई ठुलो परिणामको अबैध औषधी सहित प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गरे संगै उक्त औषधी खरिद गरी लागुऔषधको रुपमा प्रयोग गर्ने अन्य ७ जना समेत पक्राउ परेका छन् ।

उक्त दुईवटा मेडिकलबाट चिकित्सकको अनुमती बिना अबैध रुपमा महङगो मुल्यमा लागुऔषध दुर्ब्यसनीमा लागेका ब्यक्तिहरुलाई औषधी अनाधिकृत रुपमा बिक्री बितरण गरिरहेको भन्ने बिशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यलाय बिराटनगरको RIT समुह र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले हिजो सोमवार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मेडिकल संचालक सुन्दरहरैचा नगरपालिका-१० का ४५ बर्षीय शुसिल काफ्ले र निजको श्रीमती ३२ बर्षीया गोमा कार्की तथा सेवन कर्ताहरु सुन्दरहरैचा-१ का २३ बर्षीय सनम खवास, सुन्दरहरैचा-१० का ३० बर्षीय अरुण राई, ३५ बर्षीय सनम तामाङ , सुन्दरहरैचा-९ का २४ बर्षीय सुवास राई, २२ बर्षीय जुसन सुनाम, ३१ बर्षीय निमेस परियार र ३४ बर्षीय अनुप खड्का रहेका छन् ।

उक्त दुईवटा मेडिकलबाट प्रहरीले SPASPAIAN- 44,370 चक्की, ANTI KOF- 17,620 चक्की, NEAURIN-75- 18,923 चक्की, PRE-Z-75- 1,200 चक्की र APABALIN-75-14,600 चक्की बरामद गरेको छ । यसरी अनाधीकृत रुपमा दुर्ब्यसनीमा लागेका ब्यक्तिहरुलाई औषधी बिक्री बितरण गर्ने दुबै मेडिकल संचालकलाई ठूलो परिणामको औषधीहरु सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..