माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भेट्न मोहन बैद्य खुमलटारमा, एमसीसीबारे छलफल

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका छन् । दाहालको खुमलटारस्थित् निवासमा दुई नेताबीच भेटवार्ता भएको हो ।

पछिल्लो समय सरकारले एमसीसी सदनमा टेबुल गरेपछि पूर्व माओवादी शक्तिहरुबीच सडक संघर्षमा सहकार्य भैरहेको छ । यही सन्दर्भ पारेर बैद्य दाहाललाई भेट्न गएका हुन् । प्रचण्डले एमसीसी सदनबाट पारित नगर्ने बताउँदै आएका छन् ।

तर, एमसीसी पास गर्न भने आफ्नो पार्टीले सहयोग नगर्ने उनको भनाई रहँदै आएको छ । एमसीसीबारे यही फागुन १२ गते संसद्मा छलफल हुँदैछ। त्यो भन्दा अघि नेपालको राजनीति ध्रुविकृत भैरहेको छ। यसअघि नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पनि एमसीसीको विरोधमा प्रचण्डसँग सहकार्य गर्ने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..