सर्वाेच्चद्वारा स्थानीय निर्वाचनविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । आगामी वैशाख ३० गतेका लागि तय गरिएको स्थानीय तहको निर्वाचनविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले दायर गरेको उक्त रिटमा सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

मेयर साहले यसअघि दायर गरेको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको थियो । त्यसपछि उनले पुनः सर्वाेच्च प्रशासनको कदमविरुद्ध रिट दर्ता गरेका थिए ।

दरपीठविरुद्ध दायर भएको रिट पहिलो पेसीका लागि भनेर आज मंलबारलाई तोकिएको थियो । तर, उक्त रिटमाथि न्यायाधीश श्रेष्ठको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

साथै, उक्त रिटमाथि सरकारको नाममा कारण देखाऊ आदेश जारी पनि गरिएको छ । सरकारले ३० वैशाखमा एकसाथ ७५३ वटै स्थानीय तहको चुनाव घोषणा गरे पनि ०७४ मा दोस्रो र तेस्रो चरणमा निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष नपुग्ने भन्दै मेयर साहले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..