सैनिक कल्याणकारी कोषको सम्पत्ति झण्डै ६० अर्ब !

काठमाडौं । नेपाली सेनाको सैनिक कल्याणकारी कोषको सम्पत्ति झण्डै ६० अर्ब पुगेको छ । सेनाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २०७८ असार मसान्तसम्म कोषको यथार्थ सम्पती रु ५९ अर्ब ९५ करोड ८९ लाख रहेको जानकारी दिएको हो ।


हाल कोषको नगद मौज्दात रु ५४ अर्ब १२ करोड ७५ लाख रुपैया रहेको छ भने कोष अन्तर्गतका निकायहरुमा ५ अर्ब ८३ करोड १४ लाख रुपैया लगानी भएको सैनिक कल्याणकारी महानिर्देशनालयका सह निर्देशक महासेनानी पुरन घलेले जानकारी दिए ।

उनले सैनिक कल्याणकारी महानिर्देशनालय अन्र्तगत सैनिक तथा भूपू सैनिक केन्द्रित कार्यक्रम गरिएको बताए । त्यस्तै सेनाले बजेट सुनिश्चित र अरु कुनै आकस्मिक समस्या नआए तोकिएको समयमा नै तराई–मधेध द्रूत मार्ग (फास्ट ट्र्याक) आयोजना सम्पन्न हुने बताएको छ ।

पत्रकार सम्मेलनमा आयोजनाका निर्देशक प्रविधिक सहायक रथी विकास पोखरेलले आयोजनाका विषयमा देखिएको समस्याहरु क्रमश समाधान भइरहेको र २०८१ को पुस महिनासम्‍ममा निर्माण सकिने दावी गरे । उनले आयोजनाको सबैभन्दा कठिन सुरुङ मार्ग खन्नका लागि डिजाइनको निर्माण सकिएको जानकारी दिए ।


पत्रकार सम्मेलनमा नेपाली सेनाले मातहतका निर्देशनालयबाट भएका कामका बारेमा जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..