प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटार जाँदै, एमसीसीको विषयमा छलफल हुने

काठमाडौं । नेकपा ( एमाले ) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् ।

संसद्मा पेश भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) लगायत विषयमा छलफल गर्न अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार जान लागेका हुन् ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले संसद्मा एमसीसी पेश गर्न नदिएपछि केही दिनअघि प्रधानमन्त्री देउवा अध्यक्ष ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए ।

तर, पछि सत्ता गठबन्धन जोगाउनकै लागि माओवादी र एकीकृत समाजवादीले संसद्मा छलफलका लागि एमसीसी पेश गर्न दिएका छन् । यद्यपि, संसद्मा एमसीसी मतदानका क्रममा विपक्षमा मतदान गर्ने दुवै दलको निर्णय भएको छ ।

यदि, गठबन्धनले साथ नदिएर एमालेले साथ दिएको खण्डमा एमसीसी संसद्बाट सजिलै पारित हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..