बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी फुटुङबाट पक्राउ


काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका-७ का ३७ वर्षीय विनोद थापा रहेका छन् ।

उनलाई ब्‍यूरोले आइतबार काठमाडौंको तारकेश्वर फुटुङबाट पक्राउ गरेको हो ।उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै १५ दिन कैद सजाय र ५१ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

थापाले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी–जानी चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..