ललितपुर महानगरमा बुस्टर डोज खोप दिइँदै

ललितपुर । ललितपुर महानगरपालिकाले आजदेखि आफ्ना सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप दिने भएको छ ।

ललितपुर महानगरका २९ वटै वडामा आज ९ गते र भोलि १० गते बुस्टर डोज खोप लगाइने ललितपुर महानगरपालिकाले जनाएको छ ।महानगरपालिकाद्वारा जारी सूचनाअनुसार बुस्टर खोप १८ वर्षभन्दा माथिका दोस्रो मात्रा लगाएको ६ महिना पुगेका व्यक्तिलाई दिइने जनाइएको छ ।

खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ । खोप लगाउन सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न महानगरपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..