सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका-७ स्थित भित्रि सडक खण्डमा मोटरसाईकलबाट लडी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन भरतपुर महानगर पालिका-६ घर भई खोटाङ जिल्लाको रावाबेसी गाउँपालिकामा कार्यरत प्राविधिक ३१ बर्षीय दिपक ढुंगाना रहेका छन ।

हिजो बेलुकी साढे ४ बजे प्रदेश ३-०२-००७ प ५३३३ नं.को मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा पछाडि सवार रहेका ढुंगाना घाईते भई उपचारको लागि काठमाण्डौ तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।


मोटरसाईकल चालक खोटाङ ऐसेलुखर्क-३ का हुलास गुरुङलाई इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..