गृहमन्त्रीको गृह जिल्ला रुपन्देहीसहित सात जिल्लाका प्रमुख फेरिए

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आइतबार १८ एसपीको सरुवा गरेको छ । कतिपय जिल्लामा एक वर्ष नै नपुगी सरुवा गरिएको छ ।


गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्ला रुपन्देहीका एसपी मनोज केसीलाई आठ महिनामा नै हटाइएको छ । उनले तस्करीको लाइनमा सहयोग नगरेपछि गृहमन्त्री निकट व्यक्तिले सरुवा गराएको स्रोत बताउँछ ।


रुपन्देहीमा एसपी रबिन्द्र रेग्मी, गोरखामा केदार खनाल, बाग्लुङमा दयानिधी ज्ञवाली, गुल्मीमा दीपक कुमार बस्नेत, सिन्धुलीमा विमलराज कँडेल, धनकुटामा लक्ष्मीराज अधिकारी, डोटीमा शारदा प्रसाद चौधरीलाई पठाइएको छ । जिल्ला इन्चार्ज पाउने सबै जसो कार्यक्षमतामा कमजोरहरु छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..