विरोधका बीच संसद्मा टेबुल भएको एमसीसीको विपक्षमा उभिन्छौं : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा पेश गरिएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौताको विपक्षमा उभिने बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुक पेजमार्फत विवाद र विरोधका बीच संसद्‌मा टेबुल भएको एमसीसीको विपक्षमा उभिने उनले बताएका हुन् ।


उनले भनेका छन्, ‘विवाद र विरोधका बीच सरकारले एमसीसी टेबुल गरेको छ। हाम्रो पार्टी र संसदीय दलले एमसीसीको विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ।’अध्यक्ष प्रचण्डले संसद्मा एमसीसीले प्रवेश पाउनुहुन्न भन्दै विरोधमा उत्रिएकामाथि भएको प्रहरी दमनको विरोध गरेका छन् । विरोधमा घाइते भएकाहरुको स्वास्थ्यलाभको कामना उनले गरेका छन् ।


‘एमसीसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्सनकारीमाथी भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..