एमालेले संसद अवरोध हटाए एकीकृत समाजवादीले एमसीसी संसद्मा पेश गर्न दिने

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले नेकपा एमालेले संसद् अवरोधबाट पछि हटे अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) संसदमा पेस गर्न दिने निर्णय गरेको छ ।

शनिबार नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले एमालेले संसद् अवरोध हटाए एमसीसी पेस गर्न दिने तर, यथास्थितिमा एमसीसी पारित नहुने निर्णय गरेको प्रवक्ता जगनाथ खतिवडाले बताए । उनका अनुसार संसद्मा एमसीसी पेश गर्न दिइए पनि संशोधन नगरी एमसीसी पास गर्न नदिने निर्णय भएको छ ।


उनले भने, ‘संसद अवरोध हट्नुपर्छ । एमसीसीबारे छलफल हुने वातावरण बन्नुपर्छ । यथास्थितिमा एमसीसी पारित गर्न सकिन्न । संशोधन नगरी हुन्न ।’


यसअघि संसद्मा एमसीसी पेश गर्न नदिने अडान राख्दै आएको नेकपा (एस)ले गठबन्धनमा खटपट सुरु हुन थालेपछि सम्बन्ध जोगाउनकै लागि संसद्मा एमसीसी पेश गर्न भने दिने निर्णय गरेको छ । तर, नेकपा माओदी केन्द्रले भने अझैँ एमसीसी संसद्मा पेश गर्न नदिने अडान राखेको छ ।


गठबन्धनमा एमसीसीले उत्पन्न विवादलाई मत्थर गर्न र गठबन्धन जोगाउनकै निम्ति नेकपा (एस) ले भने वैकल्पिक बाटो रोजेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..