जुता भित्र लुकाई राखिएको ३ लाख रकम सहित बिनोद पक्राउ

रौतहट । श्रोत नखुलेको रकम सहित रौतहटमा एकजना पक्राउ परेका छन ।शुक्रवार साझ भन्सार सुरक्षा गार्ड, रौतहटबाट खटिएको प्रहरी टोलीले जिल्ला रौतहट गौर नगरपालिका वडा नम्बर १ स्थित भन्सार कार्यालय अगाडी चेकजाँच गर्ने क्रममा भारतको बैरगिनियाबाट गौर तर्फ आईरहेको बि.आर.३० एल ८८८७ नम्वरको मोटरसाईकल बाट तीनलाख श्रोत नखुलेको रकम बरामद गरेको हो ।


मोटरसाईकल चालक रौतहट दुर्गा भगवती गाउपालिका वडा नम्बर ४ वस्ने वर्ष ५० को बिनोद प्रसादले लगाएको जुता भित्र लुकाई राखेको र श्रोत नखुलेको नेपाली रुपैया तीन लाख फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपि सुनिल मल्लले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..