मधेशमा प्रदेशमा ७ हजार भन्दा बढी मावनअधिकार हननका घटना

जनकपुर । मधेश प्रदेशमा सन् २०२१ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीको ७ हजारभन्दा बढी घटना भएको सार्वजनिक गरिएको छ ।मानव अधिकारको क्षेत्रमा काम गर्ने अनौपारिक क्षेत्र सेवा केन्द्र(ईन्सेक)ले शनिबार जनकपुरका एक कार्यक्रमबीच सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तक २०२२ मा सन् २०२१ मा मधेश प्रदेशमा ७ हजार ५८ वटा घटना मानवअधिकार उल्लंघनसँग जोडिएको उल्लेख छ । उक्त पुस्तकमा अपहरणका २४, पक्राउका ३, महिला अघिकार उलंघनमा २ सय २८, बाल अधिकार उलंघनमा २२३ घटना भएको उल्लेख छ ।


नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को सार्वजनिकीकरण उच्च अदालत जनकपुरधामका न्यायाधीश हरि प्रसाद बंगालेले गरेका हुन् । कार्यक्रममा मधेश प्रदेशसभाका सांसद मञ्जु यादव न्यायालय स्वतन्त्र हुन नसकेको बताइन् ।

मधेश प्रदेशमा जातिय छुवाछुत, बोक्सी आरोप, कुटपिटलगायतका घटनामा वृद्धि हुदै गरेकाले यसतर्फ राज्यका निकायहरु गम्भिर हुन जरुरी रहेको सांसद यादवको भनाइ थियो । राजनीतिक नियुत्तिका कारणले गर्दा न्यायलय स्वतन्त्र नभएको उनको भनाइ थियो । ईन्सेकका मधेश प्रदेश प्रमुख राजु पासमानले मानव अधिकारको क्षेत्रमा मधेश प्रदेशमा ७५८ ओटा घटना भएको बताए ।

सार्वजनिकीकरण कार्यक्रममा २०२१ मा मानव अधिकार अभिलेख र पैरवीमा प्रदेशमा उत्कृष्ट कार्य गर्ने रौतहट जिल्ला प्रतिनिधि कोपिला तिम्लिसिनालाई ७ हजार नगदसहित पुरस्कृत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..