नक्कली सुन बेचेको आरोपमा युवक पक्राउ


काठमाडौं । प्रहरीले नक्कली सुनको गहना बेचेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिराहा कल्याणपुर घर बताउने बर्ष ३२ को पङ्कज कुमार गुप्ता रहेका छन् ।

विशेष सूचनाको आधारमा उनलाई महानगरी प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको टोलीले फागुन ४ गते पक्राउ गरेको हो ।उनको साथबाट प्रहरीले २ थान सुनको सिक्री, मोबाइल, सवारीचालक अनुमति पत्र बरामद गरेको छ ।

उनले ललितपुर सातदोबाटोस्थित बिनोद बिश्वकर्माले सञ्चालन गरेको ओम लक्ष्मी सुनचाँदी पसलमा एक/एक (१/१) तोलाको सुनको सिक्री बेचेको प्रहरी समक्ष बयान दिएका छन् ।पक्राउ परेका उनीमाथि ठगी मुद्दामा ५ को म्याद अनुमति लिई महानगरीय प्रहरी बृत्त महाराजगबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..