पर्यटन बोर्डमा क्याफे सञ्चालक बोर्ड सदस्यमा सिफारिश

काठमाडाैं । नेपाल पर्यटन बोर्डको विवादास्पद व्यक्तिलाई बोर्ड सदस्य बनाउन सिफारिश गरिएकाे खबर छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले गठन गरेको बोर्ड सदस्य सिफारिश कमिटीले ती विवादास्पद व्यक्तिलाई सिफारिश गरेको हो ।

मन्त्रालय स्रोतका अनुसार, सिफारिश कमिटीले लाजिम्पाटको ‘भौडे’ नामक एक क्याफेका सञ्चालक लीला लामालाई बोर्ड सदस्यमा सिफारिश गरेको छ । स्राेत भन्छ, राष्ट्रिय, अन्तर्राष्ट्रिय पर्यटन क्षेत्र बारे विज्ञताकाे त कुरै छाडाैं खासै अनुभव समेत नभएका क्याफे सञ्चालकलाई नियुक्त गर्न सिफारिश गरेकाे विषय रहस्यमय बनेकाे छ ।

सिफारिस समितिले मन्त्री आलेलाई के कुराले प्रभावित पारेर क्याफे सञ्चालकलाई सिफारिश गरियाे भन्ने कुरा चाहिं रहस्यमय बन्न गएकाे चर्चा पर्यटन व्यवसायीहरूले गरेका छन् । सिफारिस समितिले २०७८ फागुन ६ गते आजै लामाको नाम सिफारिश गरेका हुन् ।


लामाको सिफारिशमा उपाध्यक्ष चन्द्र रिजालको भूमिका रहेको बताइन्छ । रिजाल र लामाको पुरानै सम्बन्ध भएकाले उनले सुअवसर पाएकाे हुन सक्ने बताइन्छ ।
उपाध्यक्ष चन्द्र रिजालले भुक्तानीका लागि बोर्डमा पठाएको रू. ७२ हजारको कफी पिएको विल पनि तिनै लामाको क्याफेको रहेको चर्चा छ ।

बोर्डको अर्को सदस्यमा मदन आचार्य सिफारिश भएका छन् । उनी एकीकृत समाजवादीनिकट पोखराका पर्यटन व्यवासयी हुन् । उनको सिफारिश रोक्न रिजालले प्रयास गरेको भएपनि मन्त्री आलेमाथि अध्यक्ष माधव नेपालकाे दबाब परेका कारण आचार्यको नाम भने सिफारिशमा परेको स्राेत बताउछ ।

रिजालले आफ्नो मान्छे नियुक्त गराउनका लागि सिफारिश कमिटीमा राजेन्द्र सापकोटालाई पारेका थिए । रिजालकै सिफारिशमा सिफारिश कमिटीमा सापकोटाको नाम परेको बताइन्छ । रिजालकै डिजानइन अनुसार सिफारिश कमिटी बनाउने अनि सिफारिश कमिटीले पनि रिजालकै मान्छेलाई बोर्ड सदस्य बनाएपछि एकीकृत समाजवादीनिकट पर्यटन व्यवसायीहरुमा भने आक्रोशित बनेकाे खबर छ ।

एकीकृत समाजवादीमा मन्त्री आलेमाथि एमालेलाई बोकेर एकीकृत समाजवादीको कोटा कटौती गरेको आराेप लागेकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..