प्रहरी भर्ना विज्ञापनविरुद्ध मधेश प्रदेशद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । प्रहरी भर्नाका लागि संघीय सरकारले निकालेको विज्ञापनविरुद्ध मधेश प्रदेश सरकारले रिट निवेदन दायर गरेको छ।


मंसिर १० गते ठूलो संख्यामा प्रहरी प्रधान कार्यालयले निरीक्षकदेखि कार्यालय सहयोगीसम्मको पदमा आवेदन खुलाएको थियो।तर, प्रहरी भर्ना संविधानद्वारा व्यवस्था गरेको प्रदेशको अधिकारक्षेत्रमाथि संघीय सरकारको हस्तक्षेप गरेको भन्दै मधेश प्रदेशका अन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले उक्त विज्ञापनविरुद्ध शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई दायर गरिएको रिटमा प्रहरी कर्मचारी समायोजन ऐनविपरीत प्रदेशको अधिकार क्षेत्रमा हस्तक्षेप गर्ने अभिप्रायले विज्ञापन गरिएको जिकीर गरिएको छ।


साथै मुद्दाको अन्तिम टुंगो नलागेसम्म भर्ना प्रकृया रोक्न अन्तरिम आदेश जारी हुनुपर्ने रिटमा माग गरिएको छ। उक्त रिटमा फागुन १० गते मंगलबार पहिलो पेसी तोकिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..