ओमानविरुद्ध नेपालको जित

काठमाडौं । ब्याटिङ नचलेपनि घातक बलिङको साथ पाएको नेपालले आईसीसी पुरुष टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत घरेलु टोली ओमानविरुद्धको खेलमा जित हात पारेको छ।शुक्रबार सम्पन्न खेलमा घरेलु टोलीलाई ३९ रनले पराजित गर्दै नेपालले प्रतियोगितामा विजयी सुरुआत गरेको हो। नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभरमा ७८ रनमै समेटियो।


ओमानका लागि नसिम खुशी सर्वाधिक २४ रन बनाएर आउट भए। उनले १८ बलमा १ चौका र २ छक्का प्रहार गरे। तर, अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।नेपालका लागि कमलसिंह ऐरीले २ विकेट लिँदा कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २/२ विकेट लिए। यता, अविनास बोहोरा र जितेन्द्र मुखियाले समान १/१ विकेट लिए।

त्यसअघि अल अमेरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ११७ रन बनाएको थियो। नेपालका लागि मध्यक्रमका आरिफ शेखले सर्वाधिक ३८ रन बनाउनुबाहेक अन्य खेलाडी भने क्रिजमा चल्न सकेनन्।

ओमानका स्पिनर खवार अलीले ४ ओभरमा ३० रन खर्चेर सर्वाधिक ३ विकेट लिए। यता, बिलाल खानले ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । फयाज बट र जिशान मकसुदले १–१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..