एमसीसीलाई लिएर अमेरिकाले नेपालमाथि ‘कूटनीतिक धम्की’ दिन सुरु गर्‍यो : चिनियाँ परराष्ट्र वनपिन

काठमाडौं । चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वनपिनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई लिएर अमेरिकाले नेपालमाथि ‘कूटनीतिक धम्की’ दिन सुरु गरेको बताएका छन्।प्रवक्ता वनपिनले शुक्रबार पत्रकार सम्मेलनमा अमेरिकाले नेपाललाई फेब्रुअरी २८ सम्ममा एमसीसी अनुमोदन गर्न ‘कूटनीतिक धम्की’ दिन सुरु गरेको आरोप लगाएका हुन्।


‘चीनले नेपाललाई सहयोग गर्ने, नेपालको आर्थिक विकास र जीविकोपार्जनमा योगदान दिने अन्तर्राष्ट्रिय समुदायको कदमलाई स्वागत गर्छ। तर, यो राजनीतिक परिस्थितिविना नेपाली जनताको इच्छामा आधारित हुनुपर्छ,’ उनले भने।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले केही दिन अगाडि नेपालका शीर्ष नेताहरूसँग छुट्टै टेलिफोन वार्ता गरेका थिए। त्यसपछि उनीहरुसँग नजिक रहेका केही नेताले सञ्चारमाध्यममा लुले फेब्रुअरी २८ सम्ममा एमसीसी सम्झौतालाई अनुमोदन गर्न, नगरेमा अमेरिकाको नेपालसँगको सम्बन्ध समीक्षा गर्ने दबाब दिएको प्रतिकृया दिएका थिए।

जसको नेपालस्थिति अमेरिकी दूतावासले खण्डन गरिसकेको छ। लुले एमसीसी अनुमोदन गर्न ढिलाइ हुनुको पछाडि चीनको हात रहेको दाबी गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..