अमेरिकी राजदूतले भने–विरोधका नाममा हिंसा भड्काउने गतिविधि स्वीकार्य छैन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले विरोधका नाममा हिंसा भड्काउने गतिविधि आफूहरूलाई स्वीकार्य नहुने बताएका छन्।


उनले नेपालमा हाल एमसीसी सम्झौताका विरुद्धमा भइरहेको प्रदर्शनलाई लिएर यस्तो टिप्पणी गरेका हुन्।सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफूहरू वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक रहेको उल्लेख गरेका छन्।’एमसीसीको विषयमा पनि हाम्रो धारणा त्यही हो।

आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहीत विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ’, उनले भनेका छन्, ‘तर, हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..