अपहरित दुई बालबालिका झापाबाट उद्धार


बुटवल । रुपन्देहीको सैनामैनाबाट अपहरणमा परेका दुई स्कुले बालबालिकालाई प्रहरीले झापाबाट सकुशल उद्धार गरेको छ ।


बिहीबार बिहान विद्यालय जान घरबाट निस्केका उनीहरूलाई आफ्नै फुपाजुले फोटो खिच्ने बहानामा अपहरण गरेको प्रहरीले जनाएको छ । बिहीबार बिहान ९ बजेदेखि सम्पर्कविहीन भएका सैनामैना नगरपालिका–६ बस्ने पुष्पा दाहालकी छोरी र छोरालाई शुक्रबार दिउँसो झापाको बिर्तामोडबाट उद्धार गरिएको हो ।


घटनामा संलग्न अभियुक्त खिमबहादुर पौडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उद्धारपछि प्रहरीको संरक्षणमा रहेका बालबालिका र अभियुक्त पौडेललाई रुपन्देही ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।

सैनामैना–५ घमाहा खोला बस्ने खिमबहादुरसँग पारिवारिक विवाद भएका कारण उनले नै अपहरण गरेको भन्दै किटानी जाहेरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..