पाँच सीडीओहरुको सरुवा

काठमाडौं । पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ)हरुको काज सरुवा गरिएको छ । बिहीबार साँझ गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट पाँच जिल्लाका सीडीओहरुको काज सरुवा गरेका हुन् ।

काज सरुवामा रुकुमपूर्वमा कृष्णबहादुर खड्का, हुम्लामा सिता परियार र जाजरकोटमा रामबहादुर शाहीलाई सीडीओ बनाएर पठाइएको छ ।


यसअघि खड्का लाहान इलाका प्रशासन कार्यालयको प्रमुख, परियार भक्तपुरको सहायक सीडीओ र शाही एयरपोट अध्यागमन कार्यालयमा कार्यरत थिए।
यस्तै, धनकुटामा युवराज कट्टेल र नुवाकोटमा नारायण रिसाललाई सीडीओ बनाएर पठाइएको छ ।

त्यस्तै, तीन जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि परिवर्तन गरिएका छन्। जाजरकोटमा सीडीओ रहेका प्रेम देवकोटालाई बर्दियामा सहायक सीडीओ बनाएर पठाइएको छ ।

हुम्लाका सीडीओ गणेश आचार्यलाई एयरपोट अध्यागमनमा पठाइएको छ भने बर्दियाका सहायक सीडीओ माधव शर्मालाई भक्तपुरमा सहायक सीडीओ बनाएर पठाइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..