कुरा मिलेन भने गठबन्धन टुट्छ : महामन्त्री थापा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग परियोजना मिलेनिय च्यालेन्ज कर्पाेरेशन (एमसीसी) मा कुरा नमिले गठबन्धनसँगको सम्बन्ध टुट्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा गठबन्धनबाटै संसद्मा एमसीसी टेबुल गर्न नदिइएमा सम्बन्ध तोडिने बताएका हुन् ।

उनले भने, ‘हाम्रोबीचमा कुरा मिल्यो, गठबन्धन चलिराख्छ । हाम्रो बीचमा कुरा मिलेन, यो गठबन्धन चल्दैन । कुराकानी पनि नमिल्ने, गठबनधन पनि चलिराख्ने भन्ने हुँदैन ।’

गठबन्धनका दल नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादील)ले भने एमसीसीलाई चुनावपछि बहस गर्ने भन्ने विषयमा पनि महामन्त्री थापाले बोलेका छन् । उनले भने, ‘यो अहिले राष्ट्रघाति हो भने चुनावपछि पनि राष्ट्रघाति हुन्छ ।’

महामन्त्री थापाले संसदसँग एमसीसी पारित गर्ने वा फेल गर्ने भन्ने अधिकार रहेको भन्दै संसदबाटै यसको निकास खोज्नुपर्ने बताए ।

उनले भने, ‘एमसीसी संसदमा टेबुल गरौं । बुँदा बुँदामा छलफल गरौं । दुधको दुध पानीको पानी हुनेगरी बहस गरौं । एमालेले संसद रोक्नुको अर्को कारण छ । उसले पनि एमसीसीका सन्दर्भमा आफ्नो धारणा देओस् । जे गर्ने हो संसदबाटै गरौं ।’

अहिलेको परिस्थिति हेर्दा एमसीसीको सबै भार कांग्रेसलाई बोकाइएको पनि महामन्त्री थापाको आरोप छ । ‘एमसीसीको विषयमा कांग्रेससँग सफा व्यवहार भएन । एमसीसीको भारी कांग्रेसलाई बोकाउने प्रयास गठबन्धनभित्रै भएको छ,’ उनले भने, ‘एमसीसी संसदमा टेबलसम्म गर्न नदिने हो भने सहकार्यको औचित्य सकिन्छ । हामीलाई छलछाम गरौंला भन्ने कुरा गठबन्धनको पार्टी वा प्रतिपक्षले पनि नसोचे हुन्छ । अब एमसीसीको मुद्दाको छिनोफानो नगरी कांग्रेस बस्दैन ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..