एमालेको नारावाजीपछि प्रतिनिधिसभा बैठक स्थगित,
अर्को बैठक ८ गते बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक फागुन ८ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबार संसद बैठक सुरु भए लगत्तै केहीबेरपछि स्थगित भएको हो ।

बैठकको प्रारम्भमा अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गरेका थिए । तर लगत्तै एमालेले संसदमा नारावाजी गर्न थालेका थिए ।

त्यसपछि सभामुखले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्न अनुमति दिएका थिए ।

मन्त्री बडुले प्रतिवेदन पेस गरे लगत्तै संसद बैठक स्थगित भएको जानकारी दिँदै फागुन ८ गते दिउसो १ बजे बस्ने बस्ने जानकारी गराएका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लामोसमय देखि संसद चल्न दिएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..